ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरी: प्रदेश प्रमुख भट्ट

पाेखरा | असार ३२, २०८२

ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरी: प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।

 

ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
 

जेष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा ३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले जेष्ठ नागरिकहरूलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
 

नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको बताउँदै प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवद्र्धन र उनीहरूमाथि हुने दुर्व्यवहार, हिंसा र विभेदको रोकथाम जरुरी रहेको उल्लेख गर्नुभयो ।
 

 

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्नुहुँदै उहाँले राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजीस्तरले पनि सरोकार राख्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । ‘असहाय, निःसहाय, दीनदुःखी ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव सेवा आश्रम, सामुदायिक वृद्धाश्रमले काम गरिरहेका छन् ।’ उहाँले भन्नुभयो – ‘सामाजिक रूपमा सम्मान गर्ने परम्पराको विकास हुँदै गएको छ । जुन खुशीको कुरा हो ।’
 

धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजा अर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न सकोस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।  

 

 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्